२९ माघ २०८२, बिहीबार
जीवनशैली मुख्‍य समाचार समाचार स्वास्थ्य

हेपाटाइटिस रोकथाम र नियन्त्रण सरकारको प्राथमिकतामा छैन्

काठमाडौं । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपटाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ सङ्क्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ ।

हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । तर नेपाल सरकारले भाइरल हेपाटाइटिस बी र सीका लागि राष्ट्रिय रणनीति बनाएपनि यसको रोकथाम र विरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन् ।

वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्राडा.दिलिप शर्माले सरकारले लिभर हेल्थ जस्तो महत्वपूर्ण विषयमा पनि प्राथमिकताकासाथ काम नगरेको गुनासो गरेका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले भाइरल हेपाटाइटिस ए, ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको एउटा ठुलो मेजर थ्रेट मान्न आवश्यक रहेको भन्दै अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागी जति काम कारवाही हुनुपर्ने हो त्यो नभएको गुनासो गरे ।

उनले भने,‘अहिलेसम्म कलेजोलाई सार्वजनिक पव्लिक हेल्थ इस्यु चाहीँ मानिएको छैन । भाइरल हेपाटाइटिस ए,ई र भाइरल हेपाटाइटिस बि र सि लाई जनस्वास्थ्यको एउटा ठुलो मेजर थ्रेट मान्नुपर्ने हो तर गर्भमेन्टमा कुरा त भएको छ अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारवाही हुनुपर्ने हो त्यो भएको छैन ।’ साधारणतया कलेजोमा भएको समस्याको सुरूमा नै लक्षण नदेखिने, कतिपयलाई थाहा नहुने पछि एकैचोटि बिरामी समस्या जटिल भएपछि मात्रै अस्पताल जाँदा लिभर टा«न्सपालान्टसम्म गर्नुपर्ने अवस्था आउँदा विरामी आर्थिक भारमा थिचिने बताउँछन् ।

डा.शर्मा सरकारले हेपाटाइटिस बी र सी लाई पत्ता लगाउने विषयमा गम्भीर भएर लाग्नसक्योे यस रोगको समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्छन् । सरकारले डाइनोसिस भएर औषधि गर्नको विरामीहरुको पहुँच नपुग्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् ।

त्यस्तै, नेपाल मेडिसीटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.उमिद कुमार श्रेष्ठले सरकारले हेपाटाइसिसका लागि राष्ट्रिय नीति, प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी तयारी गर्न सुझाव दिए ।

हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ’उनले भने ।

दुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सी’को जोखिम बढ्दो र टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात मुन्द्री लगाउने चलनले ‘बी’ र ‘सी’को जोखिम बढ्दो क्रममा रहेको डा.श्रेष्ठ बताउँछन् ।

उनले यसको उपचार खर्चिलो र औषधि पनि महंगो हुनेसबैले उपचार गर्न नसक्ने भन्दै उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने,‘हिजोआज दुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सि’को जोखिम बढ्दो छ । टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात मुन्द्री लगाउने चलनले पनि ‘बि’ र ‘सि’को जोखिम बढ्दो छ । यसको उपचार पनि खर्चिलो हुन्छ । भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महंगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि सरकारले सहुलीयतको व्यवस्था गर्नुपर्छ ।’

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected