१६ मंसिर २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

१० साउन, नेपालगञ्ज । बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ ।

वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले जानकारी दिए । दुर्लभ सर्पगन्धा प्रजाती वनस्पतिको लामो समय लगाएर अध्ययन तथा अनुसन्धान गरी त्यसको बासस्थान संरक्षण गर्न कोहलपुरको रक्षा सामुदायिक वनमा एक हजार बिरुवा लगाइएको छ । सर्पगन्धा साइटिसको अनुसूचीमासमेत समावेश रहेको प्रजाति हो । उनले ढकेरी वनस्पति उद्यानमार्फत विभिन्न प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धान भएको जानकारी दिँदै चार सय ५० बढी वनस्पति प्रजातिको संरक्षण गरिएको बताए ।

उक्त उद्यान राप्तीसोनारी गाउँपालिका–९ मा पर्छ । “नेपालमा पाइने सबै प्रकारका वनस्पति रैथाने प्रजातीका नै हुन”, वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले भने । उद्यानमा संरक्षित भएका मुख्य प्रजातिमा सर्पगन्धा बाहेक कुचिला, श्रीखण्ड, सिकाकाइ, कुरिलो, बेतलौरी, बोझो, आँक, राजवृक्ष, कालोमुसली, तेजपात, शीतल चिनी, बेल, सोनटाटा, सिन्दुर, खयर, अनन्तमूल, अगई, गुडमार, विजयसाल, सतिसाल, अर्जुन, गुर्जोलगायत रहेका छन् ।

लहरे झार, बुट्यान र सङ्कटापन्न जडीबुटीको अध्ययन गरेर प्रयोगशालामा समेत परीक्षण हुने गरेको उल्लेख गर्दै वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले झयाउ, जटामसी, कुटकीलगायत सुगन्धित तेलको परीक्षण भएको बताए । बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा पनि अर्जुन, मौवालागयत चार सय प्रजातीका बिरुवा रोपिएका छन् । वनस्पति संरक्षण कार्यअन्तर्गत ६ हेक्टर क्षेत्रफलमा ती बिरुवा रोपिएका हुन् ।

जटीबुटी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष टङ्क शर्माले जिल्लामा मेन्था र कुरिलो जातका प्रजातीको व्यावसायिक खेती गरिएको जानकारी दिए । अहिले पनि जमुनाहा नाकाबाट जटीबुटी भारत निकासी गर्न सहज वातावरण नभएको उल्लेख गर्दै उनले लामो समयदेखिको निकासीको समस्या यथावत रहेको बताए । सो नाकाबाट ८० प्रकारका जडीबुटी भारत निकासी हुने गरेको छ । तीमध्ये जटामसी, अमला, झ्याउ र बोझो निकासी गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’