१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

१० साउन, कम्बोडिया । कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ ।

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’बताएका थिए । हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए ।

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए ।

नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ठहर गर्दै वादी सीपीपीलाई छ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ ।

उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ ।

फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित थिए ।

उनका वकिल चोङ चोङ्गीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’मात्र गरिरहेको बताएका छन् । अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुन सेनले एक महत्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बनेका थिए । यसले उनलाई राजा विदेशमा हुँदा राज्यको कार्यवाहक प्रमुखको रूपमा कार्य गर्न अनुमति दिन्छ ।

निर्वाचन आयोगले सत्तारुढ दल सीपीपीको पक्षमा उभिएको दावी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो ।

उनलाई सत्तारुढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण