२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी कामकाज अघि बढाउने छुः मुख्यमन्त्री लामा

९ साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन् । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताएका हुन् ।

बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए । सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरूमा प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन वृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले बताए ।

मुख्यमन्त्री लामाका अनुसार संविधानको व्यवस्था अनुसारको अधिकार कार्यान्वयनमा प्रदेश सरकार गम्भीरताका साथ अघि बढ्नेछ । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको उनले बताए । सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने मुख्यमन्त्री लामाको भनाई छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।