२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

सेनामाभर्ती नेपालीहरूकोउद्धारमा निरन्तर पहलभइरहेको छ : परराष्ट्रमन्त्री

९ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणादेउवाले रुसी सेनामाभर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहलभइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रियतथा पर्यटन समितिको बैठकमामन्त्री राणाले रुसी सेनामाभर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमारुसी सरकारसँग उच्चकूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताईन् ।

उनले भनिन्,‘अहिले रसियामा पररष्ट्र मन्त्रालयलेत्यतीसक्रियभएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर योभन्दाअगाडिको मन्त्रीहरुलाई पनिउहाँहरुलाई जानकारी दिएको र त्यहीअनुरुपहाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ । निरन्तर पहलभइरहेको छ ।नेपालीहरु जो रसियन सेनामाछन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्योभन्दाबढिपनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन् ।’

उनकाअनुसार रुस–युक्रेन युद्धभएदेखि हालसम्म रुसी सेनामाभर्ती भई युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणकालागिदिइएको छ । हालसम्मयुक्रेनमायुद्धबन्दी ६ जना रहेका छन् ।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जनाफर्कि सकेको छ । मस्कोस्थित नेपालीदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।

हालसम्मउद्धारका लागिनिवेदन परेको ३२३ जनाछन् भने सम्पर्क मै नरहेका भनीखोजी र फिर्ताका लागिनिवेदनदिएको संख्या ११६ रहेको छ । घाइते वाअन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेकाछन् ।
यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरी तहमादुई पक्षिय र बहु पक्षियकूटनीतिकपहल निरन्तर रुपमा गरिरहेको पनिउनको भनाई छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।