२ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

‘राष्ट्रिय एकता सम्झौता घोषणा’को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

९ साउन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गरेका छन् ।

गुटेर्रेसले ‘प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेको विषयलाई स्वागत गरेको’राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको नियमित भेटका क्रममा प्रश्नहरूको जवाफ दिँदै जानकारी गराए।

सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भन्दै डुजारिकले महासचिव गुटेर्रेसले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेको बताएका थिए ।

प्यालेस्टिनी एकताको खोजी गर्दै आएको बताउँदै महासचिव गुटेर्रेसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी गराए ।

यसै सन्दर्भमा गुटेर्रेसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसासमेत गरे ।

चीनको निमन्त्रणामा, प्यालेस्टिनी समूका वरिष्ठ प्रतिनिधिहरूले जुलाई २१ देखि २३ सम्म बेइजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण