२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग

साउन ८,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गरे ।

उनले भने,‘देशको राजधानी जस्तो सहरको विकासका लागि एकदमै आवश्यक व्यवस्थित ठेगाना प्रणालीबारे बारम्बार उठाइरहेको छु । ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने सहर विकास गरेको कुनै औचित्य हुँदैन् । म देशका सबै प्रमुख सहरहरुको व्यवस्थित एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गर्दछु । एउटा नागरिक विरामी हुँदैगर्दा एम्बुलेन्स कहाँ पठाउने ? एक घरमा दुर्घट्ना हुँदैगर्दा दमकल कहाँ पठाउने ? न्यूनतम आवश्यकतालाई मध्यनजर गरेर यही आर्थिक विकासभित्र सरकारले भूगोल सुहाँउदो ठेगाना प्रणाली लागु गर्न माग गर्दछु ।’

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन,गर्न दिने छैन् र कुनैपनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिवद्धता जनाएको भन्दै उक्त वाक्यांस कसका लागि लक्षित गरेको भन्दै प्रश्न गरे ।

विगतको ३३ वर्ष राज गर्दैगर्दा, सत्ता सञ्चालन गर्दैगर्दा भ्रष्टाचारमा चुर्लुम्म को डुबेको हो ? कोप्रति लक्षित गरेर कसलाई कारबाही गर्ने भनेको भन्दै आक्रोसित भए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।