१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

कृषि क्रान्ति संभव छ तर अनेकौं चुनौतीहरु छन्’

साउन ८, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपालमा कृषि क्रान्तिका धेरै चुनौतीहरु रहेको बताएका छन् ।

मंगलबार ४२ औं वीपी स्मृतिको अवसरमा ‘नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले नेपालमा कृषि क्रान्ति सम्भव भएपनि धेरै चुनौतीहरु रहेको भन्दै त्यसको लागि आन्तरिक उत्पादनकर्ताहरुलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो आन्तरिक उत्पादनकर्ताहरुलाई प्रोत्साहन र संरक्षण पनि गर्नुपर्छ । त्यसको लागि राज्यको तर्फबाट अनुदार र सहयोगहरु प्रदान गर्न सकिन्छ । त्यस्तैगरि ऋण अनुदान दिनपनि सक्छौ । हामीले प्रविधिको प्रयोगसँगै, सुरक्षा, भन्सार र आन्तरिक रुपमा अनुदान दिन सक्नुपर्छ । नेपालमा कृषि क्रान्ति सम्भव छ तर चुनौतीहरु छन् ।’

यसको साथै उनले कृषिको आकारलाई बढाएर व्यवसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आवश्यकता पूर्तीसँगै निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्ने बताए ।

उनले भने, ‘हामीले कृषिको आकारलाई ठूलो बनाउनुपर्छ । जुन क्षेत्रको जस्तो विशेषता छ त्यही विशेषतालाई प्रयोग गरेर ठूलो मात्रामा व्यवसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आफ्नो आवश्यकता मात्रै पूर्ती हुने होइन कि निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्छौ । नेपालमा रहेको जमिन, स्रोत र साधनको भरपूर प्रयोग गर्न सक्नुपर्छ ।’

सोही, कार्यक्रममा पूर्वमन्त्री युवराज खतिवडाले कृषिमा प्रविधिको विकासबाट रुपान्तरण गर्न आवश्यक रहेको भन्दै यसमा गम्भिर भएर छलफल गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले कृषिमा महिलामैत्री प्रविधि विकास गर्नेगरि छलफल अगाडि बढाउनुपर्छ । जुन सामान्य कृषकले पनि सञ्चालन गर्न सक्ने, दिगो र उत्पादन बढाएर कृषिमा आत्म निर्भर बनाउन सक्ने हुनुपर्छ । यसमा गम्भीर भएर छलफल गर्नुपर्छ । उत्पादन बढाउनुका साथै त्यसको संरक्षण गर्ने प्रविधिको पनि विकास गर्नुपर्छ ।’

यस्तै, कृषि क्रान्ति भनेर जति नै हिडेपनि कृषि क्षेत्रमा रुपान्तरण हुन नसकेको भन्दै अब प्रविधिको प्रयोगबाट शान्तिपूर्ण तरिकाले कृषिको रुपान्तरण गर्नुपर्ने उनको भनाई छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।