३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

ई–स्पोर्ट्स एसोसिएसनको वार्षिक कार्यक्रम सार्वजनिक

साउन ८, काठमाडौं । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४÷०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो ।

पत्रकार सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवद्र्धधन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इस्पोर्ट्स एसोसिएसन नेपालका उपाध्यक्ष पूर्ण बहादुरले जानकारी दिएका छन् ।

यसको साथै, उनले ई स्पोर्टस संघको वार्षिक कार्यक्रममा ई स्पोर्टसको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई समावेश गरेको पनि बताए ।

नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला र प्रदेश स्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरु यस क्यालेन्डरमा राखिएको छ ।

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने योजना संघको रहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected