१० पुष २०८२, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

७ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए ।

परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पुर्‍याउन राजीनामा दिएको मन्त्री केसीले बताए ।

चारै जना मन्त्री यही वैशाख १८ गते नियुक्त भएका छन् । मन्त्रीहरूको राजीनामा सँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरूले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।