२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन तर सदनको गरिमा सबैले राखौं  : प्रधानमन्त्री

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन् ।

आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गरे ।

उनले भने,‘मलाई कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन् । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु । उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।’

प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा पनि स्पष्ट पारे ।  उनले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन पनि आग्रह गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।