२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन्ः सांसद सापकोटा

६ साउन, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन् ।

उनले  भने, ‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनवमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ । क्या गज्जब ! भ्रष्टाचारले टुङटुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शंका लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन् ? गोलीसँग  नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ । ’

साथै उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए । उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए ।

 

 

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।