१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरे । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे ।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छभने युवा पुरस्कार रु ५० हजारको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।