१८ कार्तिक २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाज

साउनको सुरुवातमै सुनको मूल्यमा नयाँ रेकर्ड

१ साउन , काठमाडौं । साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ ।

सोमबार  प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने