१३ माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाज स्वास्थ्य

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

३१ असार , लमजुङ । यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

क्बलका अध्यक्ष एवं राइनास–२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताए। एम्बुलेन्स खरिद गर्दा रु २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा रु चार लाख ३० हजार उहाँले जानकारी दिए ।

“स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गरे। क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भने । रु २४ लाख ४० लाख खर्च भएको जनाउँदै रु २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराउनुभएको उनले बताए ।

भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक रु १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताए। गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजानलाई सहज भएको स्थानीय बताउँछन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व