२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाज

आज विश्व युवा दक्षता दिवस मनाइँदै

३१ असार , काठमाडौं । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो ।

मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् ।

नेपालको जनगणना २०७८ को तथ्याङक अनुसार नेपालमा १६ देखि ४० बर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको छ । नेपालको जनसंख्याको झण्डै आधाको हाराहारीमा रहेका युवाजनशक्ति राज्यको वेवास्ताकै कारण पिल्सिरहेका छन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व