३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

अल्काराजले जिते विम्बल्डनको उपाधि

३१ असार , काठमाडौं । स्पेनिस खेलाडी कार्लोल अल्काराजले विम्बल्डन २०२४ को उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति पुरुष सिंगल्सको फाइनलमा सर्वियन स्टार खेलाडी नोभाक जोकोविचलाई पराजित गर्दै अल्काराजले विम्बल्डनको उपाधि रक्षा पनि गरेका हुन् ।

अघिल्लो संस्करणमा पनि जोकोविचलाई पराजित गर्दै अल्काराजले उपाधि जितेको थियो । अल्काराजको यो चौथो ग्राण्डस्लाम उपाधि रहेको छ ।

फाइनल खेलमा अल्काराजले स्टार टेनिस खेलाडी जोकोभिचलाई ६–२, ६–२, ७–६ को सोझो सेटमा हराए । ३६ वर्षीय सर्बियाई स्टारसँग अघिल्लो हारको बदला लिने सुनौलो अवसर थियो ।

तर, उनले यो अवसरलाई सदुपयोग गर्न सकेनन् र अल्काराजले ग्रान्डस्लाम उपाधि रक्षा गर्न सफल भए ।

अल्काराज र जोकोभिचबीचको खेल २.२७ घण्टा चलेको थियो । खेलको सुरुदेखि नै स्पेनिस खेलाडीको दबदबा थियो ।

उनले पहिलो दुई सेट जितेका थिए । यसपछि जोकोभिचले तेस्रो सेटमा पुनरागमन गरे पनि खेल जित्न सकेनन् ।

फाइनल खेलको तेस्रो सेट निकै रोमाञ्चक रह्यो । जोकोभिचले बलियो पुनरागमन गर्दा अल्काराजले ५–४ को अग्रता लिएका थिए र सेट ६–६ को बराबरी गर्दै टाइब्रेकमा पठाए । तर, फेरि पनि अल्काराजले सेट ७–४ ले जिते । उनले तेस्रो सेट ७–६ ले जितेर उपाधि जिते ।

अल्काराजले हालसम्म चारवटा ग्रान्डस्लाम फाइनल खेलेका छन् र सबै फाइनल पनि जितेका छन् ।

२१ वर्षीय टेनिस स्टार अल्काराज सबै तीन प्रकारका कोर्टः ग्रास, क्ले र हार्ड कोर्टमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन् । उनले आफ्नो पहिलो उपाधि, २०२२ मा यूएस ओपन जितेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected