७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

जसपाद्वारा बाढीपहिराबाट भएको क्षतिप्रति दुःख व्यक्त

३० असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् । साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भ्रातृ सङ्गठनलाई आग्रह पनि गरेका हुन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।