२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

बाढीपहिराका कारण सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

२८ असार , काठमाडौँ । नेपाल किसान महासङ्घले अविरल वर्षाका कारण सम्पर्कविहीनको खोजी तीव्र बनाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले आज विज्ञप्ति जारी गरी पीडितका लागि उचित बसोवास, घाइतको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत व्यवस्था मिलाउन माग गरे । महासङ्घका सबै तहलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा दुईवटा बस दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गर्दै महासङ्घले यस्तो अवस्था नआउने गरी काम गर्न सरकारसँग माग गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व