२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

निकुञ्जले दियो रु दुई करोड ५६ लाख क्षतिपूर्ति

२८ असार , काँक्रेविहार सुर्खेत । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्‍याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उनले बताए।

राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताए । उनका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट रु तीन करोडको हाराहारीमा राजस्व सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व