२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रचण्ड

२८ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् ।  शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म  प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन ।  म पहिलो  चोटी  प्रधानमन्त्री हुँदाखेरी  नै कति दिन हो त्यो  मलाई त्यति सरोकारको  विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै  लगाइसकेको  थिए । तर म  चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट ।’

साथै  उनले  संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र  निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे । उनले  एमाले र  कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे ।

उनले  भने, ‘त्यो  डर  हो जसले तपाईलाइ  जोडेर  राखेको  छ  त्यो  हो शुसासन,  शुसासन कायम हुँदै जान थाल्यो भन्ने डरले यीनिहरूले  हात  मिलाएका हुन्  । तर  थाहा छ की छैन तिमीहरूको मूल्यांकन जनताले  गरिरहेका छन् । ’

 

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व