२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

२८ असार , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले राससलाई जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।

वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व