२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्नः नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ ?

२८ असार , काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन् ।

उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध बनाएको छ । नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ म सरकारको जवाफ चाहन्छु ।’

साथै उनले आठ घन्टा बितिसक्दा पनि किन उद्दार हुन सकेन भन्दै सरकारको ध्यानाकर्षण गराए । राज्य  र  सरकार  किन यति कमजोर  भएको  भन्दै  उनले  प्रश्न  गरे ।

उनले भने , ’सरकार यति कमजोर भएकै हो र ? पहिरोमा खसेको बस पत्ता लगाउन सकिरहेको छैन, यात्रु पत्ता लगाउन सकिरहेको छैन, आठ घन्टा बितिसक्यो ।’

उनले घटनामा के भैइरहेको छ सबै जानकारी देशबासीलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

 

 

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व