२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

नापी कार्यालय लगनखेलका सर्वेक्षक यादव घुससहित पक्राउ

२८ असार , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक संजिव कुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो ।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यादव र भुजेललाई नियन्त्रणमा लिएको हो ।

जग्गा हालसाबिक गरी पूर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो । उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिइएको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व