३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

ई-स्पोर्टस पदक विजेता पुरस्कृत

२४ असार, काठमाडौँ । ई-स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो ।

प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले रु ६० हजार, कोड रेडले रु ४० हजार, सिक्सटी नाइन गेमिङले रु ३० हजार, वीरे नुनले रु २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान रु १५/१५ हजार प्राप्त गरे । त्यस्तै, मिडनाइट ह्याभक रु २० हजार र गुड नाइटले समान रु १०-१० हजार नगद पुरस्कार पाए ।

यसैगरी, ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले रु ४० हजार, दोस्रो भएका सन्देश ओझाले रु ३० हजार, तेस्रो भएका रोशन शर्माले रु २० हजार तथा चौथो भएका निखिल हमालले रु १० हजार नगद पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई-स्पोर्टसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

सदस्य सचिव घिसिङले ई-स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

राखेपका सदस्यसमेत रहनुभएका ई-स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected