२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ : बर्तौला

२३असार ,  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए । साथै उनले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे ।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौं । २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं ।’ उनले कति दलहरू नयाँ सरकारमा सहभागि हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबण्डा हुने बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व