३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

विपुल र रवि टेबलटेनिस च्याम्पियन

२३ असार, काठमाडौँ । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौँ ‘इन्टरटेन्मेन्ट टेबलटेनिस’ प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आज भएको फाइनल खेलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले रु ४० हजार र उपविजेताले रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको उक्त प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज बज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो भए । तेस्रो हुने जोडीले समान रु १०-१० हजार पुरस्कार पाएका छन् ।

सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष-महिला, पुरुष-पुरुष र महिला-महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । प्रतियोगितामा एक सय २८ खेलाडी सहभागी थिए ।

उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष-महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन र महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही रु १० हजार नगद पुरस्कार जिते ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गीलगायतले एक कार्यक्रमकाबीच पुस्कार प्रदान गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected