२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

कांग्रेस–एमाले समीकरणमाथि आशंका छ : चित्रबहादुर केसी

२३ असार , काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन् । उनले यस्तो सहमति जनतालाई मान्य नहुने बताए ।

आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै उनले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भनेर प्रश्न गरेका हुन् ।

उनले भने, ‘दुई ठूला पार्टीबीच भएको समझदारी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउने सम्झौता हो भने त्यो जनतालाई मान्य हुँदैन । संसद्मा स्पष्टीकरण दिँदैमा केही हुँदैन । जनताले हिसाबकिताब मज्जाले राख्छन् ।’ उनले सुरुमै ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो ? किन यहाँसम्म आएर फेरि सत्ता परिवर्तन ? भन्दै प्रश्न गरे ।

 

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व