१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाज

अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद पन्त

२३ असार , काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्रीको पद छाड्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कानूनी कुराहरु संविधानमा लेखिएको हुन्छ । नैतिक कुरा संविधानमा लेखिएको हुँदैन । यद्धपी संविधानलाई उहाँले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर नैतिक पक्ष त्यो होइन ।  अत्याधिक रुपले बहुमत गुमाईसकेपछि प्रधानमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुन्छ ।’

लोकतन्त्र संविधान र कानून अनुसार मात्र नचल्ने उल्लेख गर्दै उनले नेताहरुले नैतिकता पनि देखाउन आवश्यक रहेको बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व