२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं र झापाबाट दुई जना पक्राउ

२० असार , काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०÷१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाके बाह्रदशी गाउँपालिका–१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व