१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोपा अमेरिका फुटबल : ब्राजिल क्वाटरफाइनलमा

१९ असार , काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार बिहान भएको खेलमा कोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।

सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो ।

कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधवारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब शुक्रबारबाट सुरुहुने क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार विहान खेल्ने छन् ।

यसैगरी आइतबार कोलम्बिया र पानामा आमने सामने हुँदा सोही दिन उरुग्वे र ब्राजिल भिड्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected