१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समिकरण पूरा

१९ असार , काठमाडौं । युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार  राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो ।

खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो सुरुमै अग्रता लिएको थियो ।

५९औँ मिनेटमा पुनः डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढेको थियो । तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए ।

त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततः गोल गर्न नसक्द्या टर्कीले २–१ को नतिजा आत्मसाथ गर्दा अष्ट्रिया भने अघि बढ्न सकेन ।

यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।  एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले जावी सिमोन्सको पासमा गोल गरे ।

६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन । ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए ।

अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन् । यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected