७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस

१८ असार, काठमाडौँ । नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराएका थिए । सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाउनुभएको जानकारी दिए । आगामी निर्वाचनसम्म एमाले र कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उनले बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।