३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

उरुग्वे र पानामा कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा

१८ असार , काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो ।

६६ औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।

यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ । पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पानामले २२ औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९ औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो ।

तर, ७९ औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो । जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected