२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ ः शाही

१७ असार , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए ।

उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ । अगाडिबाट कान समात्नु र पछाडिबाट क
ान समात्नु उस्तै हो । भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरी गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ यही सदनबाट पारित गर्ने भनेर नीति बनिरहेको छ ।’

उनले स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक रहेको पनि बताए ।

उनले भने,स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक छ । हाम्रो छिमेकी मूलुकदेखि बिभिन्न देशहरुमा स्थानीय तहमा दलबिहीन कै राजनीति हुने गर्दछ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व