२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

१७ असार ,रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्य भएको छ ।

वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो ।

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरुलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सन्जय सहनीले बताए ।

उनले सामजिक सन्जल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं बर्तमान सासद माधब नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सासद, प्रदेश सासद र गाँउपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन ।

वर्षातको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरु पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आखाबाट आँशु समेत झरेको सहनीको भनाई रहेको छ ।

पूर्वप्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सन्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व