३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

भेनेजुएला कोपाको अन्तिम ८ मा

१७ असार, काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।

टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो ।

जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected