१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

एमालेले नेकपा एसको महाधिवेशन उदघाटन वहिष्कार गर्नुको रहस्य

१६ असार ,काठमाडौं । काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन् ।कार्यक्रममा डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भए ।तर एमालेबाट अलग भएर तीन वर्षपछि गरिएको राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रको कार्यक्रममा एमालेका नेताहरु नगएका हुन् । तर एसले एमालेलाई पनि निम्ता गरेको भएपनि उनीहरु कोहीपनि उपस्थित नभएको नेताहरुले बताए ।

एकीकतृ समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी विभाजनपछि सम्बन्ध तिक्ततापूर्ण रहेको छ । पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।
एकीकृत समाजवादी महाधिवेशन सामूहिक रुपमा बहिष्कार गरेको एमालेले कृषि तथा पशुपन्छी बिभागको कार्यक्रम राखेको छ । नीति सम्वाद नाम दिएको सो कार्यक्रममा एमालेका सबैजसो नेताहरु उपस्थित छन् । नेकपा एसले आफ्नो १० औं महाधिवेशन भनेर कार्यक्रम गरेपछि एमालेले त्यसमा आपत्ति जनाएको छ ।

गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा अध्यक्ष नेपालले पनि बहिष्कार गरिदिएका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा नेपाल अनुपस्थित थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।