२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

लाली गुराँसका अध्यक्षसहित चार जना सार्वजनिक

१६ असार ,काठमाडौ । प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्र
कार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरुमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ ।

प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व