१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

देउवा–ओली भेटपछि माओवादी केन्द्रभित्र तरंग

१६ असार ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गरेका थिए ।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ । देउवाले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ । दुई शीर्ष नेताको भेटलाई लिएर माओवादीसहित राष्ट्रिय राजनीति फेरि तरंगित बनेको छ ।

माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ ।

कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता ओली–देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राखेका थिए ।

सिंहदरबारमा भएको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो । बजेट पारित भएकाले सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्ने प्रचण्डको चाहना छ ।

०००

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।