१ चैत्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध अन्त्य गर्ने योजनामा

१६ असार, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यको योजना बनाइरहेको बताएका छन् ।

शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सो कुराको जानकारी दिएका हुन् ।

‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौं ।’

राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन ।

युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राखेको छ । तर फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेबम छन् ।

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन ।

यसअघि बिहीबार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताएका थिए ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण