३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

जर्मनी युरोको क्वाटरफाइनलमा

१६ असार ,काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । जर्मनीको जीतमा केइ हार्भाटेज र जमाल मुसेएलाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्ककका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चित गर्दै पेनाल्टी दिइएको थियो ।

सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो ।

त्यसपछि थप गोल नभएपछि अन्ततः जर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वा जर्जियासँग खेल्ने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected