Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

रातो कागज
1 वर्ष अघि

१६ असार ,काठमाडौं । इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ ।

गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो ।

जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे ।

खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया