१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

१६ असार , काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ ।

बिहीबारसम काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस महाधिवेशनमा विभिन्न तीनवटा प्रतिवेदनहरु प्रस्तुत गरिने बताइएको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको उनकले बताए ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।