३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप २०२४ मा अपराजित दुई टोलीबीचकोउपाधि भिडन्त आज

१५ असार, काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी–२० विश्वकपको फाइनल खेल आज हुँदै छ ।बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् ।

दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् । दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै उपाधि भिडन्तमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो । टी–२० क्रिकेटमा दक्षिण अफ्रिका र भारतबीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ। एउटा खेलको भने नतिजा आएको थिएन ।

टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदाबा छ। दुवै टोली ६ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।

दक्षिण अफ्रिकाको विश्वकप यात्रा

एडन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकी टोलीले यो विश्वकपमा अहिलेसम्म ठ खेल खेलेको छ। शतप्रतिशत निकालेको मार्करामको टोलीले समूह चरणका चार खेल र सुपर आउण्डमा तीन खेल जितेको थियो । यसपछि सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपाललाई पराजित गरेको थियो । त्यसपछि सुपर–८ राउण्डमा अमेरिका, इंग्ल्याण्ड, वेस्ट इन्डिजलाई हराएको थियो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अफगानिस्तानलाई फराकिलो विकेटले पराजित गर्दै पहिलो पटक आईसीसी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिकी टोली कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको थिएन। अब टोली च्याम्पियन बनेमा अपराजित रहँदै च्याम्पियन बन्नेछ। पहिलो पटक आईसीसी विश्वकप ट्रफी जित्ने टोली बन्ने छ ।

भारतको विश्वकप यात्रा

रोहित शर्माको कप्तानीमा भारतले यो विश्वकपमा अहिलेसम्म सात खेल जितेको छ। एक खेल वर्षाले रद्द भएको थियो । भारतले समुह चरणमा तीन खेल जितेको थियो भने सुपर आठचरणमा पनि तीन खेल जितेको थियो । समूह चरणमा भारतले आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो । तर, भारत र क्यानडाको खेल भने वर्षाले रद्दभएको थियो । त्यसपछिसुपर आठमा भारतलेअफगानिस्तान, बंगलादेश र २०२१ को च्याम्पियन अस्ट्रेलियालाई हराएको थियो । सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले हराएर २०२२ विश्वकपको सेमिफाइनलमा भएको हारको बदला पनि लिएको थियो । भारतले पनि अहिलेसम्म सात खेलमा अपराजित रहेर फइनल खेल खेल्दै छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected