३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा

१४ असार ,काठमाडौं । कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको खेलमा बोलिभियामाथि ५–० को एकतर्फी जित निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेटमात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो ।

न्यु जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । अधिकांश समय आफ्नो नियन्त्रणमा बल राखेको उरुग्वेले २१ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

डार्विन नुनेजले अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको उरुग्वेले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो । ७७ औं मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाए ।

८१ औं मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४–० ले अघि बढेको थियो । फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३ औं मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

८९ औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५–० को जित दर्ता गर्न सफल भयो । जितसँगै उरुग्वे ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका र पानामा समान तीन तीन अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अंकविहीन हुँदै पुच्छारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा अमेरिका र उरुग्वे भिड्दा बोलिभिया र पानामा आमने सामने हुने छन् । समूह चरणको अन्तिम खेल जुलाई २ तारिखमा हुने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected