३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने

१४ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए ।

उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट  हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ ।

योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।