३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

टी–२० क्रिकेट : उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

१४ असार ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

वेस्टइन्डिजको गयानामा विहीबार राति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो ।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए । जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविङस्टनले १६ बलमा ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय पारि खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे ।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको उपाधि भिडन्त शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected