२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग

१३ असार , काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताए ।

सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताए ।

सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद भगवती न्यौपाने काठमाडौँमा ट्राफिक बत्ती जडान भए पनि राम्रोसँग काम नगरेको भन्दै सो व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए ।

सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गरे ।

सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्वतयारी गर्नुपर्नेमा जोड दिए।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।