३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

 

१३ असार , काठमाडौँ : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ ।

ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected